लुम्बिनीमा २५६४ दीप प्रज्ज्वलन : जहाँ छन् बुद्धका आँखा, शान्त स्निग्ध र… (तस्वीर)

भैरहवा, २५ बैशाख । कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र बिश्व शान्ति कामना गर्दै दीप प्रज्ज्वलन गरी मनाइएको छ ।

बिहीबार बिहान लुम्बिनी भित्र रहेका स्वदेशी तथा बिदेशी बिहारका सीमित भिक्षुहरु, लुम्बिनी बिकाश कोषका केही पदाधिकारीको उपस्थितीमा सामान्य रुपमा १ घन्टा भित्रै बुद्ध जयन्तीको कार्यक्रम गरिएको थियो ।

यस्तै साँझ ७ बजे लुम्बिनी क्षेत्रमा २५६४ वटा दीप प्रज्ज्वलन गरिएको छ । छोटो कार्यक्रमका साथ गरिएको दीप प्रज्ज्वलनबाट समग्र लुम्बिनी क्षेत्र प्रकाशमा लुटपुटिएको थियो ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार १५:१०