आज नेपाली बजारमा सुनको मुल्यले लियो नयाँ रेकर्ड तोलामा झन्डै ९० हजार

काठमाडौ, असार १ – आज नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार सुनको मुल्य तोलामा ८९ हजार सात सय पुगेको महासंघले जनाएको छ ।

आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज ८९ हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज । तेजावी सुनको मुल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । भने आज चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...
प्रकाशित मिति १ असार २०७७, सोमबार ०६:३६