आजैकै दिन ६ बर्ष अगाडी नायक श्रीकृष्ण श्रेष्ठको विवाह गरेको महिना दिन नबित्दै यसरि निधन भएको थियो (भिडियो हेर्नुहोस)

श्री कृष्ण श्रेष्ठ एक कुशल अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । हनिमुन मनाउन भारत गएका बेला निमोनियाले ग्रस्त भनिएता पनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने उल्लेख छ ।

उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो। भिडियो हेर्नुहोस

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार १८:१३