छोरा जन्मदिन मनाउन केक अगाडी बसेर बुवालाई कुरिरहे, पसलवाट घर जान हिँडेका बुवा संधैका लागि यसरी बाटोमै अस्ताए

काठमाडौं । काठमाडौको कपनमा बस्दै आएका शंकर प्रसाद पन्तको बुधवार बसको ठ’क्क रवाट निधन भयो । उनी नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका थिए । असोज ६ गते उनका छोराको १७ औँ जन्मदिन थियो । जन्मदिन मनाउन शंकरले सबै तयारी गरेका थिए । केक अर्डर गरिएको थियो भने घरमा पाहुना समेत बोलाइएको थियो । बालाजुमा पसल गर्दै आएका शंकर साँझ छोराको जन्मदिन मनाउन भन्दै पसलवाट घरमा जाँदै गरेको अवस्थामा गाडीले ठ क्क र दिएको थियो ।

श्रीमानलाई छिटो घर लैजान भन्दै उनको श्रीमती स्कुटर लिएर आउँदै गरेको बेलामा वाटोमा श्रीमानलाई घाइेत अवस्थामा देखिन् । उनले अन्य स्थानियको सहयोगमा अस्पताल लिएर गइन् । उता छोरा केक का ट् न भन्दै आमा र वुवाको पर्खाइमा थिए । बुवालाई अस्पताल लिएर गएकी आमाले फोनमा नराम्रो खबर सुनाउनु परेको थियो ।

हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठ क्क र दिएको हो । जतिबेला दुर्घटना भयो । दुर्घटना भएको स्थानमा मानिसहरुको भिड देखेर के रहेछ भन्दै श्रीमती रोजी पनि स्कुटर रोकेर हेर्न जाँदा आफ्नै श्रीमानलाई देखेकी थिइन् ।

शंकरलाई रोजीले अरु मानिसको सहयोगमा नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो । त्यहाँ पनि चिकित्सकले शंकरलाई बचाउन सकेनन् । मंगलबार साँझ अन्दाजी ८ बजेको समयमा सडकमा हिँडिरहेका शंकरलाई गाडीले ठ क्क र दिएको प्रहरीले जनाएको छ । यता प्रहरीले गाडी चालक राजु तामाङलाई नियन्त्रणमा लिएर ७ दिनको म्याद थप गरेको जनाएको छ ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १२:३०