गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, गोबिन्द केसिको समर्थनको लागि १ शेयर

८ असोज, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार पनि काठमाडौमा प्रदर्शन भएको छ । डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले माइतीघर मण्डलामा प्लाष्टिक ओढेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ? लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकै क्रममा उनीहरुलाई प्रहरीले तितरबितर बनाएको थियो । यसअघि पनि डाक्टर केसीको समर्थनमा बिभिन्न शैलीमा माइतीघरमा प्रदर्शन भइरहेको छ ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १४:४४