कोरोनाको महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि अस्पतालको ज्या दती, १० हजारमा नै काममा घोटाउँदै

काठमाडौं, असोज ८ । महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शो’षण गरेका छन्। सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन। निजी अस्पतालमा पनि न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ।

सामान्य अवस्थामा आठ घन्टासम्म ड्युटीमा खटिने नर्स महामारीको यो वेला १२ घन्टा खटिएका छन्। तर,रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन। यसै पनि श्रम शोषणमा परेका नर्सहरूमाथि अहिले महामारीका वेला थप अन्याय भएको खबर आजको नयाँ पत्रिकामा सागर चन्दले लेखेका छन।

महामारीबीच पनि विराटनगरस्थित नोबल मेडिकल कलेजका स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका थिए । बिरामीको सेवा गर्दागर्दै नर्स ज्योति पोखरेल संक्रमित भइन्। अस्पतालमा काम गर्दागर्दै संक्रमित भएँ,आफूले नै काम गर्ने अस्पतालमा बस्छु भनेँ । तर, तिमीलाई राख्न सकिँदैन भनेर जवाफ आयो, आफ्नै अस्पतालले यस्तो व्यवहार गर्यो,पोखरेल नरमाइलो मान्छिन्।

आयुष्मा अधिकारी राष्ट्रिय मिर्गौला केन्द्रमा काम गर्छिन्। बिरामीको सेवाका खटिने यहाँका नर्सलाई पिपिई र मास्कसमेत दिइएको छैन । लामो ड्युटीमा खाना,खाजा त आफ्नै पैसाले खानुपर्छ। त्यति मात्र होइन,अहिलेसम्म हामीलाई मास्क,पन्जा,पिपिई दिइएको छैन,अधिकारी भन्छिन् ।

अस्पतालले नर्सहरूको सुरक्षामा पर्याप्त ध्यान नदिएकै कारण आफू संक्रमित भएको बताउँछिन् सरिता । लकडाउनअघि एकपटक पिपिई पाएका थियौँ,त्यसयता पाएका छैनौँ । मास्क–पन्जा आफैँ किन्नुपर्छ,घन्टाको आधारमा पैसा कमाउने नर्सले यस्ता सुविधामा कसरी खर्च गर्ने रुउनको प्रश्न छ ।

गंगालाल हृदयरोग उपचार केन्द्रको आकस्मिक कक्षमा कार्यरत नर्स लीला खनालका अनुसार नर्सलाई अस्पतालले पर्याप्त मास्क र पन्जा उपलब्ध गराएको छैन । १२ घन्टाको ड्युटी गरिरहेका नर्सहरूले आफूलाई आवश्यक पर्ने पन्जा बिरामीलाई नै खरिद गर्न लगाइरहेका छन् ।

बिरामीबाट हामीलाई नसरोस्,हामीबाट बिरामीलाई नसरोस् । सबैले सबैको ध्यान दिनुपर्ने वेला हो । हाम्रो खर्चले पुग्दैन,त्यसैले बिरामीले नै किनेका मास्क र पन्जा लगाएर उनीहरूको सेवा गर्नुपर्ने अवस्था छ उनले भनिन् ।

यसरी चर्को शुल्क तिरेर नर्सिङ पढेको जनशक्ति न्यूनतम आधारभूत तलबविना काम गर्न बाध्य छ । निजी अस्पतालमा काम गर्ने अधिकांश नर्स ६ देखि १२ हजार रुपैयाँ तलबमा काम गर्न बाध्य छन्,नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा भन्छन् ।

नर्सहरू संक्रमित हुने क्रम बढेपछि नर्सिङ संघले बारम्बार विज्ञप्ति जारी गर्दै नर्सहरूलाई पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर,सुनुवाइ नभएपछि नर्सहरू माग लिएर मंगलबार स्वास्थ्य मन्त्रालय नै पुगेका छन् ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १६:४३