मैले कुलमानको पक्षमा बोल्नेहरुलाई पाखे भनेको हैन : ओलीका प्रेस सल्लाहकार थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा स्पष्ट वक्ता हुन् । ओलीकै शैलीमा नवाफ दिने थापाले भनेका कतिपय कुरा तितो लागेको भन्दै उनको सामाजिक संजालमा आलोचना भइरहेको छ ।

एक अन्तरवार्तामा उनले ले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरूलाई ‘पाखे’ भनेको भन्दै समाजिक सञ्जालमा अहिले आलोचना भइरहेका बेला उनले त्यसको खण्डन गर्दै आँफुले कुलमानका सर्मथकलाई पाखे नभनेर एकपाखे भनेको स्पष्ट पारेका छन् ।

थापाले आँफुले कसैलाई पाखे नभनेको भन्दै स्पष्टीकरण दिँदै ट्विटरमार्फत आफूले ‘पाखे’ नभनेर ‘एकपाखे’ भनेको बताउका छन् । उनले ‘एकपाखे’ भनेकामा यसलाई एकथरी मानिसले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो पनि गरेका छन् ।

यही विषयलाई थप स्पष्ट पार्दै उनले भनेका छन् ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छुँ, पाखे भनेको छैन ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १८:४१