‘हामी खतरामा छौं’ भनेर दम्पत्तीले फोन गर्दा पुगेन प्रहरी : श्रीमतीको ज्यान गयो, श्रीमान गम्भिर

आफुहरुको ज्यान खतरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ क्र म ण गर्यो ।

श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन् ।रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ क्र म ण भएको हो ।

उनीहरुलाई गाउँकै युवाहरुले आ क्र म ण गरेका थिए । श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको निधन भएको छ । उनीहरुलाई ४ जनाले आ क्र म ण गरेका हुन् ।शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ क्र म ण गरेका हुन् ।

प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी खतरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०८:४१