कोरोनाबाट फेरी नेपाली सेनाका जवानको निधन

बझाङ । बझाङ जिल्ला घर भई काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो मिति २०७७ आश्विन ०९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ । निज जवानलाई ऐ ०६ गते Seizure (छारे रोग) को लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्ष (ICU) मा भर्ना गरी उपचार गर्दागर्दै निजको निधन भएको हो ।

निजको ऐ ०८ गते स्वाव परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको थियो । यस सँगै नेपाली सेनामा कोभिड-१९ सम्बन्धित (Covid-19 Related Complications) कारणबाट निधन हुनेको संख्या २ (दुई) पुगेको छ । आजको मितिमा नेपाली सेनामा कुल संक्रमित २,१९७, निको भएको ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

यो पनि ,

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । सिटामोल खाँदा पनि कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका थिए । महर्जनले अनलाइनखबरसँग भने, ‘केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।’

अहिले पनि घाँटी, टाउको र शरीर दुखिरहेको उनले सुनाए । महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ । मेयर महर्जनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा रहन र परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०९:२९