धरान / बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् ।
सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृ*त्त भेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
घटनास्थल वरिपरि र*क्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हा*नेको चोट रहेको उनले बताए । बोतलले हा*नेको ह*त्या गरेकाे हुन सक्ने प्रहरीले बताएकाे छ ।
धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृ*तावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र श*ङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए ।
Loading...