निको हुनेको संख्या उल्लेख्यरुपमा बढ्दै, शनिबार एकैदिन १ हजार १ सय ४७ घर फर्किए

काठमाडौं, १० असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ४७ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ४७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५३ हजार १३ पुगेको छ ।

निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ८ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय ३१ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ५ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण भएको छ ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार १४:०६