१० असोज, काठमाडौं । कोरोना भा इ रस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृ त्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृ त्यु भएको हो ।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट मृ त्यु हुने सैनिकको संख्या २ पुगेको छ । जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।
Loading...