कोरोनाको त्रासमा सुत्केरीको कथाः आइसोलेसनमै जन्मियो बच्चा

ओखलढुंगा, ११ असोज । आफ्नो पहिलो सन्तानले धर्तीमा पहिलो पाइला टेक्ने मिति कुरेर बस्नुभएको थियो सुनकासी गाउँपालिका–५ की माया श्रेष्ठ । मायाका श्रीमान् बिर्ज तामाङ जिल्ला समन्वय समिति ओखलढुंगाको सवारी चालकको जागिरे हुनुहुन्छ ।

त्यसैले माया पनि श्रीमान्सँगै जिल्ला समन्वय समिति ओखलढुंगाको क्वाटरमा बस्नुहुन्थ्यो । मायाको गर्भमा नौ महिनाको शिशु हुर्किरहेको थियो । डाक्टरले असोज २ गते बच्चा जन्मिने समय तोकेकोे थियो । मायाका दम्पती सुत्केरीका लागि भदौ २९ गते नै नजिकैको सामुदायिक मिसन अस्पताल जाने तयारीमा थिए ।

पहिलो सन्तान भएकाले सुरक्षित सु्त्केरीका लागि पूर्णरूपमा तयारी गरेका थिए माया र बिर्जका जोडीले । समय बित्दै गयो मायाको अस्पताल जाने दिन पनि नजिकिँदै थियो । कोरोनाको त्रास ओखलढुंगामा पनि निकै बढिसकेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्यो कि बढेन भनेर सामाजिक सञ्जालमा आएका समाचारमा ध्यान जान्थ्यो मायाको । किनकि श्रीमान् बिर्ज तामाङ काम गर्ने कार्यालय मानिसको धेरै आउ–जाउ हुने कार्यालय थियो ।

बिर्ज जिल्लाका भीआईपीलाई गाडीमा बोकेर विभिन्न कार्यक्रममा जाने–आउने गर्नुहुन्थ्यो । केही गरी श्रीमान्लाई कोरोना पोजेटिभ देखिएमा आफूलाई पनि सर्ने र त्यसको असर गर्भमा रहेको बच्चालाई पर्न सक्छ भन्ने चिन्ता थियो मायालाई ।

जीवनमा कहिलेकाहीं नहोस् भनेको कुरा नै भोग्नुपर्छ भने जस्तै भयो मायालाई । भदौ २३ गते मायाका श्रीमान् काम गर्ने कार्यालयको प्रमुख, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुखलगायत ९ जनामा कोरोना संक्रमण भएको पुष्टि शीर्षकमा लेखिएको समाचार सामाजिक सञ्जालभरि भेटिए । त्यसबखत आफू निकै अत्तालिएको कुरा मायाले नेपाल समाचारपत्रसँगको कुराकानीको क्रममा बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका उच्च तहका ९ जनामा कोरोना संक्रमण भएको भोलिपल्ट अर्थात् भदौ २४ गते संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन ग¥यो । त्यसै गरी मायाका दम्पतीले पनि आफूलाई कोरोना संक्रमण भए÷नभएको तथ्य थाहा पाउनका लागि स्वाब परीक्षणका लागि संकलन गराए ।

सुत्केरी कस्तो होला भन्ने चिन्ता त थियो नै उता कोरोनाको रिपोर्ट कस्तो आउला भन्ने पिरलो थपिएको थियो मायाको दम्पतीलाई । यत्तिकैमा भदौ २८ गते जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले मायाको दम्पतीलगायत १८ जनामा कोरोना पुष्टि भएको तथ्याङ्क सार्वजनिक ग¥यो ।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १६:२५