गर्भवतीलाई कोरोना, अस्पतालले उपचार गर्न नमानेपछि घरमै सिकिस्त अवस्थामा

कोरोनाले सबैको जीवन प्रभावित भएको छ । अझ बालवालिका, जेष्ठ नागरिक, गर्भवती र बिरामी थप जोखिममा छन् ।

कोरोना पछि अस्पताल भन्दा घरमै सुत्केरी हुनेको संख्या बढेसँगै यस कुराको पुष्टी भएको छ ।अझ अस्पतालले कोरोना पुष्टि भएकाहरुको उपचार नगर्ने र भर्ना समेत नलिने अवस्थाले उनीहरुको जीवन भप जोखिममा रहेको छ ।

पछिल्लो समय बीरगञ्जमा यस्तै घटना भएको छ ।वीरगंजमा एक २६ वर्षीया आठ महिनाकी गर्भवती एक्कासी बिरामी भइन् । उनलाई श्वास लिन समस्या भएपछि सीता हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञा डा. निलम चौरसियाको क्लिनिकमा लगिएको थियो ।डा निलमले फिजिसियन कहाँ रेफर गरिन् ।

छातीमा समस्या देखिएको भन्दै चिकित्सकले तत्कालै नारायणी अस्पतलामा पीसीआर परीक्षण गर्न पठाए । उनको कोरोना पोजेटिभ आयो । त्यसपछि नारायणी अस्पतालका चिकित्सकहरुले उनलाई भर्ना गर्न मानेनन् ।

ती कोरोना पोजेटिभ गर्भवती लिएर महिलाका दाजु अस्पताल र क्लिनिक धाए तर कतै उपचार भएन । त्यसपछि उनी प्रहरी कहाँ हार गुहार गर्न पुगे तर त्यहाँ पनि सुनवाई भएन ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले नारायणी अस्पताल कोभिड अस्पताल नरहेको र शंकास्पद केसलाई कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा रेफर गर्दै आएको बताए ।

Loading...
प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १७:२७