काठमाडौं- रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’दिने सहमति गरेको छ।
मंगलबार आरडीआइएफले विज्ञप्ति निकाल्दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ दिने सहमित भएको जनाएको हो।यसले नेपालको करीब ९० प्रतिशत जनसंख्यालाई उक्त कोरोनाबिरुद्ध भ्याक्सिन पुग्ने छ भने नेपालका क्लिनिकहरुमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ।
यो भ्याक्सिन ७५ अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक पब्लिकेसनहरुले प्रमाणित गरेको र २५० क्लिनिकहरुमा समेत परीक्षण भइसकेको दाबी उक्त विज्ञप्तिमा गरिएको छ।११ अगस्टमा २०२० मा विकास गरिएको,
स्पुतनिक भी’लाई पहिलो पटक गामालेया राष्ट्रिय रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी र माइक्रो बायोलोजीले रुसको स्वास्थ्यमन्त्रालयमा दर्ता गरेका थिए। यही नै विश्वको पहिलो कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन हो जसलाई भेक्टर प्लेटफर्ममा ल्याइएको छ।