दुवै मृगौला काम नलाग्ने भएका भएका कटारीका राजू खड्कालाई सहयोगको अपिल ।

सु-दृष्टि खबर :दुवै मृगौला काम नलाग्ने भएका कटारी नगरपालिका ११ गोठडाडाका राजू खड्कालाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । खड्काको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितकी श्रीमती सविनाले बताइन।

बृद्ध भएका बुबा,आमा,श्रीमती र एक नाबालिका छोरी समेत रहेका २४ वर्षीय खड्काको उपचार गर्न समस्या भएको छ। आर्थिक अबस्था नाजुक रहेको उनको परिवार सामान्य खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई अहिले खान लाऊँन नै समस्या भैरहेको अबस्थामा बिरामीको उपचार गराउन समस्या भएकाले सहयोगीमनहुनेहरुले सहयोग गरेर आफ्नो श्रीमान बचाईदिन श्रीमती सवीनाले अनुरोध गरेकी छिन्।

वि.स.२०७५ सालमा बैदेशिक रोजगारीको लागि कतार गएका करिब ३ महिना पछि ड्यूटीमा रहेको अबस्था एक्कासी बेहोस भएर ढले । उनलाई प्रहरीले अस्पताल लगेछ । उनले भने, १ दिन सम्म मेरो होस आएन छ। पछि होस आए पछि चेक जाँच गर्दा किड्नीमा समस्या छ डायलसिस गर्नु पर्ने हुन्छ भनेर डाक्टरले भने ।

रोजगारीको लागि विदेश पुगेका उनी ३ महीना पछि नै रोगी शरीर बोकेर स्वदेश फिर्ता भए ।नेपाल आइसके पछि परिवारका सदस्यलाई खबर गरी विर अस्पतालमा २ दिन भर्ना भएर उपचार गराए अहिले एक बर्षदेखि कहिले काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्ज त कहिले बिर अस्पताल र बीपी प्रतिष्ठान धरानमा उपचार गराईरहेका छन् ।

उनको अहिले भने बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । बीपी प्रतिष्ठान धरानमा डायलसिस मात्र हुने भएकाले पैसा जम्मा भए काठमाण्डौ लगेर मृगौला प्रत्यारोपण गर्न सके आफ्नो श्रीमानलाई बचाउन सकिने श्रीमती सविनाको आश छ।

आफ्नो मृगौला दिने मिल्ने भए आफु श्रीमानलाई आफ्नो मृगौला दिएर भएपनि बचाउन चाहन्छु सविनाले भनिन् । हाम्रो आर्थिक अबस्था नाजुक छ सहयोगी मन भएका सहयोगीहरुले सहयोग गरे आफ्नो श्रीमानको उपचार हुने बिश्वास लिएको उनले बताए।

नाता,ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पुयाएर औषधी उपचार गरिरहेको दाजु प्रविन खड्काले बताए । उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न भने पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको विकल्प नभएको गुनासो गरे ।

उनले राजू बचाउन मुक्तिनाथ बिकास बैंक कटारी शाखामा खोलिएको खातानम्बर ०४६२०१००५८२ ५४५०० ०००१ मा उनका दाजु प्रविन खडकाको नाममा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १७:१८