विश्वकै घुसखोर प्रधानमन्त्री , ७० करोडलाई रेलमन्त्री , कुलमानको कुरा पर्ने नदिने …

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सचेत गराउनु भएको छ । नेपाल बिद्युत प्राधिकरणका तात्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा उर्जामन्त्री पुनको फट्याईंलाई लिएर प्रधानमन्त्री ओलीले असोज ५ गतेको मन्त्रिपरिषद बैठकमा सचेत गराउँदै हप्काउनु भएको हो ।

बिद्युत प्राधिकरणमा कुलमानलाई जसरी पनि हटाउने र म्याद थप नगर्ने निर्णयमा रहनुभएका मन्त्री पुनले चार बर्षे कार्यकाल सकिने बेलासम्म कुनै प्रस्ताव नल्याए पनि प्रधानमन्त्री ओलीमाािथ दोष थोपर्नुभएको थियो ।

भदौ ३१ गते विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिंदै थियो । सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिङ भइरहेको थियो । तर ऊर्जामन्त्री पुनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा लैजानुभएन । तर दोष भने प्रधानमन्त्रीमाथि थोपर्न लगाउनु भयो ।

ओलि सरकारले तीन मन्त्रालय टुक्रयाउने भएको छ। हाल २१ मन्त्रालय रहेकोमा सरकारले तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने भएको हो।यसैबीच मन्त्रीमण्डलमा पनि व्यापक परिबर्तन गरिने र दुइ बर्ष मन्त्री भइसकेकालाइ बिदा गरि अन्यलाइ मन्त्री बनाइने भएको छ। हाल नेकपा भित्र मन्त्री हुनकालागि तछाडमछाड नै चल्ने गरेको नेकपाकै एक नेताले बताए ।

बिस्वस्त स्रोतका अनुसार अन्य मन्त्रीको शुचि अझै तय नभए पनि रेलमन्त्रीमा भने गोकुल बास्कोटा वा महेश बस्नेतमध्ये एकलाई नियुक्ति गर्ने निधोमा प्रधानमन्त्री केपि ओलि पुगिसकेका छन।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १६:३७