इन्द्रेणीका संचालक कृष्ण कंडेलको ससुरा बुबाको नि’धन

हार्दिक श्रद्धाञ्जली बुबा: इन्द्रेणी कार्यक्रमका ब्यबस्थापक प्रतिमा कंडेल भाउजुको बुबा तथा संचालक कृष्ण कंडेल दाजुको ससुरा बुबाको निधनको खबरले स्तब्ध बनायो बुबाको स्वर्गमा बास होस। परिवार जनमा धैर्य धारण गर्ने शक्ति क्षमता भगवान श्री पशुपति नाथले प्रदान गरून्! यो पनि

बली दिन भारत लैजादै गरेको अवस्थामा सप्तरीका दुई किशोरीको नेपाल भारत सीमाबाट उद्दार

इनरुवा, १४ असोज । बली दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्दार गरिएको छ । सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

यद्यपि सो विषयमा समेत अनुसन्धान भैरहेको प्रहरीको भनाई छ प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार उद्दार गरिएका युवतीहरुले आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाकालागि भनेर ल्याइएको प्रहरी समक्ष बताएका छन् उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो ।

Loading...
प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १६:५४