दु:खद खबर : २० घण्टाको नवजात शिशुमा पनि देखियो कोरोना, एनआईसीयूमा भर्ना

काठमाडौं, असोज १४-२० घण्टाको नवजात शिशुसहित गण्डकी प्रदेशमा ३३ जनामा कोरोना देखिएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण देखिएको हो। संक्रमित थपिनेमा नवलपरासी पूर्वका २८ जना, कास्कीका २० घण्टे बालाकसहित ४ जना र गोरखाका १ जना रहेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ४ का ती २० घण्टे शिशुलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआईसीयूमा भर्ना गरिएको छ।सक्रमित सबैलाई आइसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०३:५२