प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव वि रु द्ध रुपन्देही कांग्रेस आन्दोलनमा

तिलोत्तमा — प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने उनीहरुको माग छ ।

कांग्रेस जिल्ला सभापती अब्दुल रज्जाकद्वारा विज्ञप्ति जारी गर्दै बहुसंख्यक जनताको केन्द्र,पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको जनाएका छन् ।

यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा वि रोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको हो ।

बुटवलको अस्पताल लाइनमा वि रोध प्रदर्शन भइरहेको छ । प्रदेशसभा भवन अगाडि कालिकापथमा एक गाडीमा समेत तो ड फोड गरेको जनाएको छ ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १२:२३