प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो तलबबाट स्थानीय एक विपन्न परिवारको घरको छाना फेरिदिए, अन्य सांसदले कहिले सिक्लान?

भोजपुर ।नेपाल कम्युनिस्ट पा’र्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो तलबबाट स्थानीय एक विपन्न परिवा’रको घरको छाना फेरिदिएका छन् ।

उनले सा’ल्पासिलिछो गा’उँपालिका– ५ दोभानेका उत्त’रकुमारी राईको घर एक महिनाको तलब खर्चेर टिनले छा’इदिएका हुन् । मावली घरमा बस्दै आएका उनीहरूलाई गाउँले मिलेर घर बनाइदिएका थिए ।

तर, छानो छाउन कुनै स्रोत थिएन । यो समस्याबारे सांसद किराँतीले थाहा पाएपछि तलबबाट टिनको छानो हालिदिएका हुन् । स्थायी छानो पाएपछि विपन्न परि’वारमा खु’सी छाएको छ ।‘आफ्नो भन्नु केही छैन।

गाउँका मान्छेले घर त बनाइदिनुभयो, तर यसलाई छानो हाल्न सकेका थिएनौँ,गहभरि आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे । हाम्रो समस्यालाई सांसदले सधैँका लागि हटाइदिनुभएको छ । हाम्रो दुःखमा घरैमा आएर सांसदले सहयोग गर्नुभएको छ ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १२:४६