बिना ईन्टरनेट भिडियो हेर्न मिल्ने ओकेट्युब बनायर देखाईदिए नेपाली युवा राजेश दासले

एकजना नेपाली युवाले इन्टरनेट बिना चलाउन सकिने ‘युट्युव’ विकास गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा इलेक्ट्रोनिक्स इन्जिनियर राजेश दासले सवारी साधनलाई लक्षित गर्दै अफलाइनमा चलाउन मिल्ने ‘ओकेट्युव’ बनाएका हुन् ।

यसमा अफलाइन बसेरै भिडियो स्ट्रिमिङ गर्न मिल्छ । भिडियोका लागि हामीले कन्टेन्ट प्रदायकसँग छुट्टै सम्झौता गरेका छौं,दास भन्छन् । ओकेट्युवका लागि तयार पारिएको हार्ड ड्राइभमा नेपाली,हिन्दी, अंग्रेजी लगायतका चार हजारसम्म चलचित्र तथा म्युजिक भिडियोहरु राखिएका छन् ।

जसलाई सवारीसाधनमा राखिने डिभाइसमार्फत वाईफाईमार्फत ४० भन्दा बढी डिभाइसमा एकसाथ एक्सेस गर्न सकिन्छ । यो डिभाइस इन्टरनेटको कनेक्सनमा आउँदा मेन सर्भरबाट नयाँ भिडियोहरु आफैं अपडेट हुने गर्छन् ।

सवारीसाधनमा रहने ओकेट्युवको वाईफाई हटस्पटले ५० मिटरसम्मको दुरीमा सजिलै काम गर्न सक्छ । मोबाइल एप डाउनलोड गरेर वाईफाईबाट आनन्दसँग चाहेको भिडियोहरु हेर्न मिल्छ । दासका अनुसार एकसाथ ४० वटा डिभाइसमा यो वाईफाईले पाँच एमबीपीएसको गतिमा काम गर्न सक्छ ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १२:०७