युवा नेता गगन थापालाई कोरोना संक्रमण पुस्टि

काठमाडौं १७ असोज / काठमाडौं उपत्यका लगायत मुलुकभर कोरोना तिव्र गतिमा फैलिरहेको बेला पुर्व स्वस्थ्य मन्त्री कांग्रेस युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन । यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै आज प्रधानमन्त्रीका ४ सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १६:०५