चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष स्व भट्टराईकी पत्नि नीतालाई कोरोना संक्रमणको पुष्टि

काठमाडौ । चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष स्व केशव भट्टराईकी पत्नि नीता भट्टराईकीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । नीतालाई २ हप्तादेखि शरीर दुख्ने,शरीर गल्ने खानाको स्वाद नपाउने लगायतका समस्या देखिएपछि उनले परिक्षण गराएसँगै सोमबार कोरोना पोजेटिभ देखिएको ओएस नेपाललाई जानकारी दिइन् ।

ओएस नेपालसँगको कुराकानीमा चलचित्र विकाश बोर्डमा कार्यरत नीताले भनिन् सोमबार रिर्पोट पोजेटिभ आएको र त्यसपश्चात कार्यालय नगई होमआइसोलेसनमा बसेकी छु । अनामनगरमा छोरासँग बस्दै आएकी नीताले टेकु अस्पताल गएर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएसँगै छोरा निक्सको पनि परिक्षण गराएकी छिन् ।

निक्सको रिर्पोट आउन बाँकी रहेको छ । नीताका पति स्व कलाकार तथा निर्माता केशवको २०७६ मंसिर २९ गते ह्दयघातका कारण निधन भएको थियो । उनको निधनसँगै देश तथा देशबाहिरबाट नीतालाई आर्थिक सहयोग आइरहेको छ । निर्माता भट्टराईले यात्रा’सहित ‘आफ्नो मान्छे’छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल,ब्रासलेट’लगायतका सिनेमा निर्माण गरेका थिए। बोर्डको अध्यक्ष हुनुपूर्व उनी अभिनयमा पनि सक्रिय थिए ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १५:१५