त्रिशुलीमा जिप खस्दा हराइरहेकी ११ वर्षीया जेनिसाको खोजी हुँदै, आमाको मृ’त्यु, बाबुको गम्भिर अवस्थामा उपचार जारी

काठमाडौँ । प्युठानबाट उपचारका लागि काठमाडौँ आउँदै गर्दा ११ वर्षीया जेनिशा रोक्का अहिले बे-पत्ता छिन् । बुधबार साँझ लु१ च ९७३१ नम्बरको जिपमा बुबा र आमासँग काठमाडौँका लागि निस्किएकी जेनिसाको जिप सडकबाट एक्कासी खस्दा त्रिशुलीमा ब-जारियो । जेनिसाकी ३३ वर्षीया आमा जमुना रोक्का र बुबा मुकुन्द एकअर्कासँग सँधैका लागि विछोडीए । जेनिशाका बुबा मुकुन्द गम्भिर घाइते छन् । जिप चालक सूर्य केसी थिए । यात्रा राम्रैसँग चलेको थियो ।

बिहानीपख निद्राले अलि झकाएको र एक्कासी बिउँझिदा छोरी र श्रीमती चिच्याएको मुकुन्दले बताउ । आँखा खोल्दा गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खसेपछि पत्निको घटनास्थलमा नै मृत्यु भएको हो । पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खसेको हो । गाडी खोलामा बजारिएसँगै आँफु पौडेर नदी पार गरेर गुहार मागेको भएता पनि कसैले नसुनेका कारण समयमा उद्धार गर्न नसकेको उनले गुनासो गरे ।

रोकाका अनुसार श्रीमती र चालकको मृ-त्यु भएको हो भने छोरी बेपत्ता भएकी छिन् । छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भएका कारण उनीहरु थप उपचारका लागि काठमाडौँ आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार जेनिशाको खोजीकार्य जारी राखिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १४:३९