सार्है दुःखद खबर,गुल्मी जीप दुर्घटना: आमा अस्पतालमा, बाबु चितामा, कुनोमा १० बर्षीय बालक

शुक्रवार साँझ करिव ७ बजेतिर गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्ट सहितको टोली निस्तेखोला र अँधेरी खोलाको दोभान घाटमा पुग्दा चिसोले कठ्याङ्ग्रीएका झिजा–मुढा बालेर आगो ताप्दै बसेका थिए जीप दुर्घटनाबाट शोकाकुल ईस्माको हुला गाउँका बासीन्दाहरु ।

उज्यालोका लागि पारि मुसिकोट नगरपालिकाको बाङ्गे तलको एउटा होटलबाट सयौं मिटर तार जोडेर बगरको ठाउँ ठाउँमा बत्ति पनि बालिरहेका थिए । कसैले कपाल खौरिएर सेतो बस्त्र पहिरिदै थिए भने कसैले कपाल खौरिन सुरु गरिरहेका थिए । कोहीको रुवावासी चलिरहेको थियो ।

निस्तेखोलाको किनारमा ५ वटा शव लहरै चित्तामा राख्ने तयरी गरिएको थियो भने उपचार गर्न तम्घास लैजाने क्रममा बाटैमा मृत्यु भएका एक जनाको शव पोष्टमार्टम गरेर ल्याउँदा साँझसम्म कुरिरहेका थिए ।

त्यही सन्नाटा नियाल्दै जाने क्रममाा बगरको कुनामा एक जना अवोध बालकको कपाल एउटा पाका मान्छेले खौरिदै थिए टर्चलाईटको सहराले । त्यसबेला खौरिदै गरेको कपालका कपालका टुक्रा जसरी नै ती बालकका आँशुका थोपा पनि भूँमा खसिरहेका थिए ।

‘बुवा भरै आउँछु भनेर जानु भाको हो’

ती बालक थिए त्यस दुर्घटनामा ज्यान गुमाएका हुला गाउँका ३३ बर्षीय शिवबहादुर दर्लामीका १० बषीय छोरा करन दर्लामी । जसको श्रीमती सरस्वती दर्लामी यति बेला पाल्पा मिशन अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । दुबै जना तम्घास तर्फ जाँदै थिए । साथमा उनका भाई ३० बर्षीय बसन्त दर्लामी पनि जाँदै थिए । उनको पनि दाजु संगै ज्यान गयो ।

भाई बसन्त लकडाउनको केहि दिन अघि मात्र मलेशियाबाट घर आएका थिए । दाजु शिवबहादुर दर्लामी पाल्पाको गोरखदल गणमा कार्यरत थिए । उनको जागिर १५ बर्ष पुगेर १६ बर्षमा लागेको थियो । उनी तिहार मान्न घर आएका थिए । दुई सन्तान निैकै सुखी परिवार थियो ।

ती दम्पत्तीका १० बर्षीय छोरा करन र १२ बर्षीया छोरी करिना मात्रै हुन् । करिना घर मै एक्लै अर्धचेत थिईन् भने तल शाहघाटमा भाई करन बाबा.. बाबा.. मम्मी.. मम्मी पुकारि रहेका थिए ।

केहिबेर पछि विरभद्रजंग गुल्म , तम्घास धागीथुम ब्यारेकबाट सेनाको एकटुकुडी आयो र उनका बाबुृ दर्लामी र अर्का मृतक सैनिक जवान ३५ बर्षीय धनबहादुर अछामीलाई सलामी अर्पण ग¥यो ।

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १४:३९