बधाई छ नेपाली चेलीलाई भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक ।

भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् । मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट श्रुतीसँगै हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् ।

राजेश सुवालले एक रजत पदक जितेका छन् । ओभरहलमा श्रुतीले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन् ।
सुर्खेतको वीरेन्द्रनगर–६ निवासी .श्रुतीले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए ।

Loading...
प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार ०३:३७