सिङ्गो गाउँ नै शोकमा डुब्यो, कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भद्रपुर, (झापा) : इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घटना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बु’द्धशान्ति गाउँपालिका-४ स्थित बर्ने चिया ब’गान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठो’क्किँदा दु’र्घटना भएको थियो।

इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठ’क्कर दिएको थियो। दु’र्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भीर घा’इते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो।

अस्पतालका चिकित्सकले चालक चौधरीलाई पु’र्याउन साथ मृ’त घो’षणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो। माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घु’मेर फर्किने क्रममा दु’र्घटनामा परेका थिए। यता दुवै जनाको मृ’त्युले अहिले सिङ्गो गाउँ नै शो’कमग्न बनेको छ। थाहा खबर

प्रकाशित मिति ३ माघ २०७७, शनिबार ०४:०९