सबै बिद्यार्थी सरकारी स्कुलमा गएपछि,पाल्पाको एक बोर्डिङ स्कुल ब’न्द !

मिलन बिक,पाल्पा : विद्यालयमा अध्ययनरत सबै विद्यार्थी सामुदायिक विद्यालयमा गएपछि पाल्पाको एक निजी विद्यालय ब’न्द भएको छ।

तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित न्यू आइडल बोर्डिङ स्कुलमा अध्ययनरत करिब ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि त्यो निजी विद्यालय बन्द भएको हो।

चालु शैक्षिक सत्रदेखि बोर्डिङ स्कुल बन्द भएको प्रिन्सिपल दिनेश रानाले बताए। २०५३ सालमा स्थापना भएको यस बोर्डिङमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो। यहाँ ८ शिक्षकले पढाउँदै आएका थिए।

विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय ब’न्द गर्नु परेको रानाले बताए। जागिर गुमाएका शिक्षकहरू अन्य काम गर्न थालेका उनले बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Loading...
प्रकाशित मिति ५ माघ २०७७, सोमबार १६:०३