चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बोलेरोले मोटरसाइकललाई ठ’क्कर दिँदा पानी पानी भन्दै घट’नास्थ’लमै ज्या’न गुमा’ए पुजनले

काठमाडौ । बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठो’क्कि’एर दु’र्घट’ना भएको थियो ।

दु’र्घट’नामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनापछि बुलेरो चालकलाई प्रहरीले प’क्रा’उ गरेको छ ।
यो पनि पढ्नुहोस्

पातारासीमा बर्थिङ सेन्टर सञ्चालनमा

जुम्लाको पातारासी गाउँपालिकाले पटमारा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सो वडामा बर्थिङ सेन्टर नहँुदा यहाँका गर्भवती सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भ जाँच गर्न बाध्य थिए । वडामै बर्थिङ सेन्टर सञ्चालन भएसँगै स्थानीय गर्भवतीलाई स्वास्थ्य जाँच गर्न सजिलो हुने भएको छ ।

घरमै हुने सुत्केरी र बालमृत्युको दर घटाउन बर्थिङ सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय गर्भवती बाहिर सुत्केरी गराउन जानुपर्ने समस्या हटेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

स्वास्थ्य संस्थासम्म प्रसूति गराउन आउने महिलालाई राज्यले यातायात खर्चबापत हिमाली जिल्लामा रु तीन हजार र नियमित चारपटक जाँच गराएबापत थप रु ८०० उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि यहाँका महिला खुशी भएको स्थानीयवासी माया खड्काले बताउनुभयो । सुरक्षित सुत्केरी गराउने ठाउँ भएपछि घरमा सुत्केरी गराउने चलनमा कमी आउने उहाँको भनाइ छ ।

सुरक्षित प्रसूति सेवा गर्नेदेखि ग्रामीण क्षेत्रका गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माउनका लागि गाउँपालिकाले वडामै बर्थिङ सेन्टर सञ्चालन गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । गाउँपालिकाभर तीनवटा स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालन छन् ।

Loading...
प्रकाशित मिति १२ माघ २०७७, सोमबार १७:१७