मोटरसाइकल दुर्घटनामा रमेश र २८ वर्षीया सञ्जु आचार्यको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने रमेश अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्याल नेपाल तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष पनि हुन्। अर्याल काठमाडौँबाट घर फर्किरहेका बेला दुर्घटनामा परेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

त्यस्तै इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन् । घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति १५ माघ २०७७, बिहीबार १५:०७