दोस्रो विवाह गर्दै लोकप्रिय गायिका अन्जु पन्त ! (भिडियोसहित)

काठमाडौं माघ १७

लोकप्रिय गायिका अञ्जु पन्तले आफू विवाह बन्धनमा बाधिने तयारीमा रहेको बताएकी छिन् ।

गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । यद्धपी उनले कोसँग विवाह गर्ने भन्नेबारे केही पनि खुलाएकी छैनन् ।

सिंगल भएको भन्दै उनमिाथि विवाहबारे धरैले प्रश्न गर्छन् । विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएको भन्दै उनले पछिल्लो समय छोरीकै दबाबका कारण विवाह गर्ने बताउँदै आएकी थिइन्।

तर,उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।

तर,विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ।

Loading...
प्रकाशित मिति १७ माघ २०७७, शनिबार १६:३९