मैले हुर्काएको, पटक–पटक मन्त्री बनाएको, एउटा मान्छे केपीको दलाल भयो

काठमाडौ । आफुलाई छोडेर ओलीको पक्षमा लागेका नेताहरुलाई प्रचण्ड(नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको दलाल भएको टिप्प्णी गरेका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभा पुगेका उनले यस्तो टिप्पणी गरेका छन् । ओली समूहमा गएका पूर्व माओवादी नेता लेखराज भट्टलाई यस्तो टिप्पणी गरेका हुन् ।

तर उनले लेखराजको नाम भने लिएनन् । उनलाई लक्षित गर्दै टिप्प्णी गरेका उनले आफुले निकै मेहनत गरेर पार्टीको माथिल्लो तहमा ल्याएका ब्यक्ति ओलीको पक्षमा लागेको भन्दै विरोध गरे । आफूले हुर्काएको र पटक–पटक अवसर दिएर मन्त्री बनाउँदै यहाँसम्म ल्याएको मान्छे ओलीको वरिपरि घुम्न गएको भन्दै उनले विरोध गरे । उनले ओलीलाई दलाल भएको बताउँदै भट्ट दलालको पनि दलाल भएर गएको बताए।

‘मैले हुर्काएको, पटक पटक अवसर दिएको, मन्त्री बनाएको मान्छे, जसलाई तपाईंहरुले नायक भन्नुहुन्थ्यो, मैले पनि तपाईहरुको नायक यही हो भन्थे’उनले भने,तिनी त अहिले त कता हो कता सोच्नै नसकिने गरी गए। केपी ओलीको वरिपरि घुम्ने भए। केपीको दलाल भए, केपी आफै दलाल हुन दलालको पनि दलाल भए।’

तर भट्टका पक्षका ब्यक्तिहरु नै उनको भण्डाफोरमा लागेको भन्दै धन्यवाद समेत दिएका छन् । यो विचलित भयो भनेर बुझ्नु हुन्न कि, धेरै नि भ्रममा परेर जानुहुन्छ कि भनेर दुई÷चार रात त मलाई टेन्सनै भएको थियो’उनले भने,पछि मैले थाहा पाएका यहाँका हाम्रा नेताकार्यकर्ता ९५ प्रतिशत हिलेका छैनन्, भन्ने थाहा पाउँदा मेरो छाति गर्वले फुलेको छ,तपाईहरुलाई भन्यवाद भन्न चाहन्छु।’

प्रकाशित मिति १८ माघ २०७७, आईतवार ०२:५५