आज चर्चित हास्यकलाकार ‘बल्छी ध्रुबे’को जन्मदिन, बिहानैदेखी शुभकामना दिनेको ओइरो

काठमाडौं – आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन परेको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठलाई बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ । मेरी बास्सै छोडेपछि बल्छीले पछिल्लो समय हाँस्य टेलसिरियल ुहल्का रमाइलु ल्याएका छन् । जुन सिरियल अत्यन्तै मन पराइएको छ ।

उनको अभिनयलाई धेरैले मन पराउन् । रामे अभिनयका कारण उनी धेरैको मन मनमा बस्न सफल भएका छन् । झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग केही वर्ष पहिले लगनगाँठो कसेका हुन् । उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको भिड लागेको छ । हाम्रो तर्फबाट पनि बल्छीलाई जन्म दिनको शुभकामना

Loading...
प्रकाशित मिति २४ माघ २०७७, शनिबार ०५:३३