उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राऊ गर्ने तयारी

काठमाडौं, २७ माघ ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला बाग्लुङ छिन् । आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।

राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका छन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढिरहेको छ ।

झाँक्रीलाई माथिबाटै पक्राऊ गर्ने निर्देशन आएको प्रहरीका एक उच्च अधिकारीले बताए । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको बुझिएको छ ।

Loading...
प्रकाशित मिति २८ माघ २०७७, बुधबार ०३:००