रिहा भएपछि रामकुमारीले भनिन् : म बिना-शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् ।

बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् ।

यहाँ केही कुरा भएन । देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, साथीहरु’ नेतृ झाँक्रीले भनिन्, ‘हामीले जित्दै छौँ । त्यसका लागि यहाँ कुनै शर्त नामाको कुरा होइन । म बिना–शर्त निस्किएकी छु ।

झाँक्रीले महाशाखामा आफूलाई सोधपुछका लागि उच्च राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ल्याएकोसमेत प्रष्ट पारेकी छन् । ‘मलाई अपराध महाशाखामा शोधपुछका लागि ल्याइएको थियो । यहाँ मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन’उनले भनिन् , ‘राजनीतिक प्रतिशोधका आधारमा सरकारले प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब बढाएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ ।

उनले प्रतिगमनविरुद्धको आन्दोलनमा देशव्यापी रुपमा आफ्नो उपस्थिति देखाएर आन्दोलनलाई उचाईमा पुर्याउने प्रयास गर्दा राज्यले गिरफ्तारी गरेको उनको आरोप छ ।

Loading...
प्रकाशित मिति २९ माघ २०७७, बिहीबार १५:३३