सार्है दुःखद घटना अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना, ६ जनाको मृत्यु

टेक्सास– अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।

त्यहाँको फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोमा एउटा गाडीमाथि अर्को गाडीको चाङ लागेको देखिएको छ ।

Loading...
प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार ११:१५