अन्तत: एक्लै भए प्रचण्ड, दुई भाईले पनि छोड्ने तयारी !

काठमाण्डौ फागुन १

प्रतिनिधी सभा विघटन लगत्तै एक भएका पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुमा मतभेद देखिएको छ । पार्टीको महासचिव चयनको बिषयदेखि विविध बिषयमा उनीहरुबीच मतभेद देखिएको हो ।

महासचिवको चयनका सम्बन्धमा तीन नेताका बिचमा विवाद भई रहँदा नीतिगत र कार्यदिशाका सम्बन्धमा पनि तीन नेताका बिचमा विवाद देखिन थालेको छ । अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको पक्षमा निर्णय नआए त्यो निर्णय स्वीकार्य नहुने चेतावनी सार्वजनिक रुपमा नै दिन थालेका छन् ।

यसैगरी अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनलाई परित्याग गरेर हिंस्रक आन्दोलनमा जाने संकेत गर्दै शान्तिपूर्ण आन्दोलने त्यागेर हिंसात्मक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । तर सर्वोच्च अदालतको निर्णय आफ्नो पक्षमा नआए त्यसलाई स्वीकार नगर्ने चेतावनी नेता नेपाल र खनालले अहिलेसम्म दिएका छैनन् ।

यसैगरी शान्तिपूर्ण आन्दोलन परित्याग गरेर हिंसात्मक आन्दोलन गर्ने अध्यक्ष दाहालको चेतावनीप्रति पनि नेता नेपाल र खनाल असन्तुष्ट रहेका छन् । तर अहिलेको अवस्था आफू बिचको असहमति सार्वजनिक गर्ने नभएको कारणले गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनाल नबोलेको बताइन्छ ।

Loading...
प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार ११:०४