आरआर क्याम्पसमा ओली पक्षले आ’क्रमण गर्दा प्रचण्ड–नेपाल पक्षको विद्यार्थीको दाँत भाँ`चियो

काठमाण्डौ फागुन ४

आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आ,क्रमण गरेका छन्। ओली पक्षका विद्यार्थीको आ,क्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घा,इते भएका हुन्। घाइते दीपक बस्नेतको दाँत भाँ,चिएको नेता टोपेन्द्र शाहीले जानकारी दिए ।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आ,क्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आ,क्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।

आ,क्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्।

‘अ,राजक समूहबाट आ,क्रमण भएको हो । आ,क्रमणमा चार जना साथीहरु घा,इते हुनुभएको छ, उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ’, प्रचण्ड–नेपाल निकट विद्यार्थी नेता देवेन्द्र शर्माले भने ।

आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आ,क्रमण गरेपछि घा,इते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता शर्माले जानकारी दिए।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १४:२३