हूलका हूल घरमा पुगेमा मानिसलाई एउटै कुरा दोहोर्याएर भन्नु पर्दा पीडा माथि पीडा थपिएको छ भागरथीकी आमालाई

काठमाण्डौ ५ फागुन

सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे,तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?

हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु ? छोरीको घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् ।

यसरी हूलका हूल घर पुगेका मानिसलाई ही कुरा दोहोर्याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भनने अनुमान त्यहाँ जानेले गरेका होलान् ?

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ गते शव फेला परेको थियो ।कान्तिपुर दैनिकमा समाचार छ ।

शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को समूह त्यहाँ पुगिसकेको देखियो ।

विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेताकायर्कर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार ०३:१६