सडक दु’र्घ’टनामा परी छ’ट्प’टा’इरहेका चार जनालाई प्रदेश प्रमुखले आफ्नै गाडीमा पुर्‍याए अस्पताल

जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दु’र्घ’टनामा छ’ट्प’टा’इरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याउनुभएको छ । प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दु’र्घ’टनामा परी ४ जना छ’ट्प’टाइ’रहेका थिए ।

दु’र्घ’टनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घा’इतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको छ । डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घा’इतेलाई अस्पतालतर्फ पठाएको उहाँ निकट स्रोतले जनाएको छ । प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिनुभएको छ ।

यो पनि : रवि लामिछानेले खोले नयाँ टेलिभिजन
सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १२:१८