योगेश र ईश्वर पोखरेलको जम्काभेट, एक अर्कासँग बोल्दै बोलेनन् (भिडियोसहित)

अस्पतालको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनले दिएको २ वटा टेन्ट राखिएको थियो । जहाँ संघीय संसदका सांसदहरु तथा कर्मचारी कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि नाम दर्ता लाइनमा उभिएका थिए । नाम दर्ता गरेकाहरुलाई टेन्टभित्र स्वास्थ्यकर्मीले बायाँ पाखुरामा भ्याक्सिन लगाइरहेका थिए ।

प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबार संघीय संसदका सांसदहरु तथा कर्मचारीहरुलाई ‘कोभिसिल्ड भ्याक्सिन’ दिने कार्यक्रम राखिएको थियो । ३ दिनसम्म चल्ने भ्याक्सिन दिने सो कार्यक्रमको पहिलो दिन सरकारका उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल पनि भ्याक्सिन लगाउन पुगेका थिए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा प्रचण्ड नेपाल समूहमा दुबै अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले उनीभन्दा पहिल्यै खोप लगाएर फर्किसकेका थिए ।

अस्पतालको प्राङ्गणमा राखिएको २ वटा टेन्टमध्ये एउटा टेन्टमा दर्ता गर्ने र खोप लगाउने काम भइरहेको थियो भने अर्को टेन्ट खोप लगाएपछि आराम गर्न सांसद तथा मन्त्रीहरुलाई छुट्टाइएको थियो । स्वास्थ्यकर्मीहरुले खोप लगाएपछि सांसदहरुलाई आधा घण्टा आराम गर्न भनिरहेका थिए ।

प्रधानमन्त्री ओली समूहका नेतासमेत उपप्रधानमन्त्री पोखरेल मध्याह्न १२ बजे भ्याक्सिन लगाउन अस्पताल पुगेका थिए । खोप लगाउँदा ठट्टा गरिरहेका पोखरेलले खोप लगाएपछि दौरा मिलाउने क्रममा सोधे, ‘अनि को–को आउनुभयो त आज ?’ जवाफमा स्वास्थ्यकर्मी तथा कर्मचारीले भने, ‘माधव नेपाल आउनुभयो, प्रचण्ड पनि आउनुभयो ।

बाँकी भिडियो मा हेर्नुहोला

Loading...
प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १२:३६