चम्ल्याहा बच्चाका बाबु आए पहिलो पटक मिडियामा, भन्छन्- ‘खुशीभन्दा दुख धेरै लाग्यो’

काठमाडौं, १० असोज । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा बुधबार एक रेयर केस भयो, जहाँ एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् ।

प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै पटक चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधानपछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ । यसैबीच ए -वान टेलिभिजनले उक्त बच्चाबच्चीका बाबासंग कुराकानी गरेको छ । हेरौ उक्त कुराकानी –

Loading...
प्रकाशित मिति १० आश्विन २०७६, शुक्रबार ०४:०१