बलिउड नायिका कट्रिना कैफले बिना मेकअपका तस्विर शेयर गरेपछि फ्यानले भने सुहाएन

एजेन्सी- बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन्

।उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ ।

सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । तस्विरहरु शेयर गर्ने क्रममा उनले यतिबेला पनि आफ्ना बिना मेकअपका तस्विरहरु शेयर गरेकी छिन् । विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गर्छन्।

केही दिन अगाडि चर्चित अभिनेत्री कैटरिना कैफ बिना मेकअप विमानस्थलमा देखिइन्।अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । यी हुन् क्याटरीनाका विना मेकप तस्विरहरु जसलाई उनका फ्यानले अत्याधिक मन पराएका छन् ।

Loading...
प्रकाशित मिति १२ आश्विन २०७६, आईतवार ०३:२६