सर्वसाधारणको लागि ओली सरकारले लगायो भर्खरै नयाँ नियम, अब घर बाहिर निस्किनु अघि यो सूचना पढ्नुहोला !

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोडिभ–१९)को संक्रमण छिमेकी देश भारतमा बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थाले पछि सतर्कता अपनाउन आग्रह गरेका हुन्।

उनका अनुसार सामाजिक तथा भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को अनिवार्य प्रयोग गर्नु पर्नेछ। उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न पनि आग्रह गरेका छन्।

छिमेकी देश भारतमा कोभिड–१९ को संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन उनको आग्रह छ । गौतमले सभा, जुलुस, र्याली जमघट, भेला, सेमिनार,गोष्ठी बैठक र भीडभाड नगर्न आग्रह गरेका हुन्।

Loading...
प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार १५:१४