सभामुख महरा प्रकरणमा नयाँ ट्विस्ट : गम्भिर आरोप लगाएकी रोशनीले बयान फेर्दै गरिन् संसारलाई चकित पार्नै कुरा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि कर-णीको आरोप लगाएकी महिलाले बयान फेरेकी छिन् । आइतबार साँझ सभामुख महराले आँफ्नो डेरामा नै आएर आँफुलाई बला-त्कार गरेको जस्तो गम्भिर आरोप लगाएर प्रहरीलाई अत्तालिँदै फोन गरेकी रोशनी शाहीले एक च्यानलसँगको अन्तरवार्तामा नै सबै रहस्य खोले पनि अहिले उक्त कुरा झुट भएको र आँफुले आवेशमा आएर गलत कुरा बोलेको भन्दै महराले आँफुलाई कुनै दुब्र्य-हार नगरेको उल्लेख गरेकी छिन् ।

उनले कर्मचारी समायोजनको क्रममा आफूले चाहेको ठाउँमा नपर्दा रिसले सभामुख माथि गलत आरोप लगाएको बताउँदै भनेकी छिन् सभामुख महरा आइतबार बेलुका आफ्नो कोठामा आएको कुरा पनि गलत हो । सभामुख महरामाथि लगाएको आरोप रिसको झोकमा बोलेको बताउदै शाहीले उक्त कुरामा कुनै सत्यता नभएको बताएकी छन् । आफूले बोलेको कुरालाई अन्तरवार्ता लिने ब्यक्तिले नै यताको उता बनाएर लेखिदिएको भन्दै गम्भिर आरोप लगाएकी छिन् ।

Loading...
प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १६:४४