कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागेपछि षडयन्त्र के लाई बुझ्न्ने

काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आफ्नै संसद सचिवालयका कर्मचारी रोशनी शाहीले यौ न दुर्व्यवहारको आरोप लगाएपछि हिजो मंगालाबर नैतिकताको हिसाबमा छानविनमा सहयोग पुराउन सभामुख पदबाट राजीनामा दिएका छन् । गत आइतवार साझ आफ्नै डेरामा आएर आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन्। हिजो नेकपा सचिवालयको आकस्मिक बैठकले नेकपा अध्यक्ष प्रम केपी ओली र प्रचण्ड लगाएत सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले राजिनामा दिन सुझाब दिएपछि मंगलबार अपरान्ह कृष्णबहादुर महराले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका छन् ।

यस प्रकरणमा नेताहरुले आ-आफ्नो राय राखेका छन् । महराको उनको राजीनामाको बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी समेत गरेका छन् । त्यस्तै,पूर्वसभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महराको राजीनामा पनि अब नेकपाले नचिन्ने बताएका थिए । उनले महराको सांसद पद पनि स्वतः गुमेको स्पष्ट पारेका थिए ।

कृष्णबहादुर महराका छोराहरुले यस विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् । उनका छोराहरु राहुल महरा र निर्मल महराले फेसबुकमा कडा स्टाटस राखेका छन् । निर्मलले नेम्वाङले बोलेको एक अनलाईनको समाचारको फोटोसहित सेयर गर्दै यस्तो लेखेका छन्: ”महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन, कति छिटो “आ“गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागे पछि षडयन्त्र के लाई बुझ्न्ने ? धैर्य गर्नोस् ।”

Loading...
प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार १५:५९