दुई रेल एक आपसमा ठो’क्किएर दुर्घ टना : ३२ जनाको मृ त्यु, ६६ घा’इते

सोहाग, १३ चैतः इजिप्टमा शुक्रबार भएको रेल दुर्घ टनामा परी कम्तीमा ३२ जनाको मृ त्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

दुई रेल एक आपसमा ठोक्किएर दुर्घ टना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घ टना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

“यो दुर्घटना एकदमै ड र लाग्दो दु र्घटना हो, आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घ टना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ,” एक जना कृषक अहमद रेफातले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । (रासस÷सिन्ह्वा)

Loading...
प्रकाशित मिति १३ चैत्र २०७७, शुक्रबार १६:१०