घरेलु फुटबलका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

पूर्वकप्तान विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।

विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्न्यास घोषणा गरेका हुन्। विराजले २००८ मा पाकिस्तानविरुबद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। विराजले ७३ अन्तर्राष्ट्रिय खेल खले।

विराजले २०१५ को साफ च्याम्पियनसिपमा भारतविरु द्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए।

यो पनि:त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए ।

यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ । खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।

प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।

Loading...
प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार १९:०८