महराले फिर्ता गरे सरकारी सुविधा

काठमाडौं- सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने नछोडे पनि आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने फिर्ता गरेका छन्। उनले बिहीबार मात्र १७ सैनिक र ११ प्रहरी कर्मचारी फिर्ता गरेका हुन्।

सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।
तर बाहिर डेराको खोजीमा रहेकाले अहिलेसम्म सरकारी निवासमा नै रहनुपरेको उनले उल्लेख गरेका छन्। डेरा भेटिने बितिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने बताएका छन् ।

संसद सचिवालयकी एक कर्मचारीले आफूमाथि यौ न दु र्व्यवहार गरेको आरोप लगाएपछि गम्भीर विवादमा तानिएका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा हिजो सशर्त राजीनामा दिएको कानुनत नमिलेको बताइए पछि हिजो अर्को राजीनामा पत्र बुझाएका छन्। आइतवार राति संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले आफूमाथि गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहित सभामुखबाट राजीनामा दिएका थिए।

उनले छानविन नसिकएसम्मका लागि भन्दै मंगलबार दिएको राजीनामा पत्र बुझाएपछि आज बुधबार अर्को पनि राजीनामा पत्र बुझाएका हुन्। महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन्। पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ।

सुरुमा बुझाएको राजीनामामा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्‍ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन्। पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको हो।

त्यस्तै आफ्नै कारणले प्रतिनिधि सभाको सभामुखबाट राजीनामा दिन बाध्य कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै पीडित भनिएकी महिलाले प्रहरीमा निवेदन दिएकी छन्। संसद सचिवालयमै कार्यरत ती महिलाले बुधबार महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएसँगै महरामाथि अघि बढेको प्रहरीको अनुसन्धान रोकिएको छ।
यो आरोपसँगै महानगरीय प्रहरी परिसरको टोलीले ती महिलाको कोठामा पुगेर आवश्यक सबुत प्रमाण पनि बटुलेको थियो।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अनुसन्धान अघि बढाइएको अवस्थामा ती महिलाले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेकी थिइन् भने महराविरुद्ध जाहेरी दिन पनि मानेकी थिइनन्। संगीन आरोप लगाएकी उनले आफूलाई त्यसमा २४ घण्टा पनि टिकाउन नसकी महरा आफ्ना बुवाको उमेरका भन्दै बुवा जस्तो मानेको व्यक्तिले आफूमाथि यौ न दु व्र्यवहार नगरेको बताएकी थिइन्।

उनले महरासँग भेट नभएको पनि लामो समय भएको बताएकी थिइन्। प्रहरीमा बुधबार दिएको निवेदनमा उनले आफु डिप्रेसनमा रहेको पनि उल्लेख गरेकी छन्। उनका पतिले समेत महराबाट आफ्नी पत्नीमाथि कुनै किसिमको दु र्व्यहार नगरेको जनाउँदै आफुले पनि बाबुसरह मानेको बताएका थिए। संसद सचिवालयमा कार्यरत उनले महरामाथि संगीन आरोप लगाएपछि सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार १५:४४